लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन
धनगढी । लैंगिक हिंसा न्यूनीकरण गर्न कैलालीमा लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएको छ ।
कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सेनाको अध्यक्षमा संघसंस्था, नागरिक समाज, उद्योगी, सञ्चारकर्मीको सहभागितामा कार्यसमिति गठन गरिएको हो ।
समितिमा प्रहरी कार्यालयका महिला तथा बालबालिका सेल इञ्चार्ज सहसचिव, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष हिमालय जोशी, माइती नेपालका शिवचरण चौधरी, बेसका लक्ष्मी बलायर, सिविन नेपालका विष्णुमाया पौडेल, ओरेक नेपालका कल्पना भट्ट, दृष्टि फाउण्डेसनका कल्पना भट्ट, शान्ति पुनस्र्थापना केन्द्रकी पार्वती चौधरी, सिसिएसकी स्मृति चौधरी, थ्री एन्जल्सका वीरबहादुर विक र नेपाल वार एशोसियसनकी अधिवक्ता जानकी तुलाधर सदस्य रहेका छन् ।
समितिमा उद्योग वाणिज्य संघका पदाधिकारी पनि सदस्य रहने र स्थानीय तहका उपप्रमुख÷उपाध्यक्ष र जिल्ला समन्वय समितिका उपप्रमुख सल्लाहकार रहने जनाइएको छ ।
समितिले समाजमा भइरहेका महिलामाथि हुने हिंसा, कुटपिट, बलात्कार, लागूऔषध दुव्र्यशनी लगायतका क्रियाकलाप रोकथाममा पहल गर्ने जनाइएको छ ।
समितिको पहिलो बैठक माघ ४ गते दिउँसो बस्ने कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक हरिबहादुर ओलीले जानकारी दिए ।