१४ कार्तिक २०८१, बुधबार

आरोप प्रमाणित गर्न चुनौति



मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष खरप्रसाद अधिकारीले आफ्नोबारेमा विभिन्न मिडियामा आएको टिकाटिप्पणी निराधार भएको आरोप लगाएकाछन् ।वडा कार्यालय कुइनेमा बिहीबार पत्रकार सम्मेलन गरी वडाध्यक्ष अधिकारीले आफू निर्वाचित भइसकेपछि मोहन्याल गाउ“पालिका वडा नम्बर ७ मा भए गरेका विकास निर्माणका कार्यमा सत्यतथ्य अनुसन्धान गरी पत्रकारले समाचार सम्प्रेषण गरिदिन हुन आग्रह गरे ।
विभिन्न मिडियामा आएको आफूप्रतिको आरोप निराधार रहेको बताउँदै आफू दोषि ठहरिए नेपालको प्रचलित कानून अनुसार कारवाहीको भागेदार बन्न तयार भएको बताए । वडाध्यक्ष अधिकारीले जो कसैलाई शंका लागेमा वडामा आएर आफै बुझ्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार