१४ कार्तिक २०८१, बुधबार

डाक्टरहरूले गरे एक घन्टा काम बन्द



धनगढी । सरकारले संघीय संरचनाअनुसार समायोजन गर्दा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि विभेदकारी व्यवस्था लागू गर्न लागेको भन्दै आन्दोनलमा उत्रेका सरकारी डाक्टरहरूले मंगलबार एक घण्टा आकस्मिक बाहेकको सेवा बहिस्कार गरेका छन् ।
देशभरीका स्वास्थ्य संस्थाहरूमा सरकारी चिकित्सकरूले बिहान १० देखि ११ बजेसम्म १ घण्टा आकस्मिक बाहेकका सम्पूर्ण सेवा स्थगन गरी आफू कार्यरत अस्पतालमा धर्ना दिएको संघका सुदूरपश्चिम शाखाका अध्यक्ष डाक्टर प्रमोद जोशीले जानकारी दिए । उनले केन्द्रीय कार्यतालिका अनुसार थप आन्दोलनका कार्यक्रम अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार