११ बैशाख २०८२, बिहीबार

जनस्वास्थ्य संघमा पन्त विजयी



धनगढी । नेपाल जनस्वास्थ्य संघको सुदूरपश्चिमको अध्यक्षमा दयाकृष्ण पन्त निर्वाचित भएका छन् ।
आइतबार सार्वजनिक गरिएको परिणाम अनुसार पन्तले ४१ मत सहित विजय प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी रमेश कुँवरले ३२ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपाध्यक्षमा रक्षा गिरी ४५ मत सहित विजयी भइन् भने सचिवमा शिवराज सुनारले ३८ मत र अशोककुमार जोशीले ४६ मत पाएर सहसचिव पदमा विजयी भए । त्यस्तै, कोषाध्यक्षमा जानकी पराजुली मिश्र ४१ मत सहित विजयी भइन् ।
त्यस्तै, सदस्यमा झनकराज ढुंगाना (४४), डिल्लीरमण जोशी (४५), प्रशान्तविक्रम शाही (४३), हरिशप्रसाद भट्ट (३७), नृपराज डंगौरा (५०) र सुदेश चौधरी (३९) मत पाएर विजयी भए । निर्वाचन काठमाडौंमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार