बृद्धसेवा समितिको साधारण सभा
टीकापुर । टीकापुरमा शनिबार बृद्धसेवा समितिको १९ औं साधारण सभा भएको छ । साधारण सभाको एक कार्यक्रमबीच प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले उद्घाटन गरेका थिए ।
सो अवसरमा सांसद रावलले सामाजिक सेवाको क्षेत्रमा अमूल्य योगदान दिने व्यक्ति सबैका लागि अनुकरणीय बन्ने गरेको चर्चा गरे ।
कार्यक्रममा सांसद उमादेवी वादीले बृद्धसेवा समाजले समुदायका लागि दिएको योगदानको सराह्ना गरिन् ।
कार्यक्रममा बृद्धसेवा समितिका अध्यक्ष मोहनबहादुर रावलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा गगनसिंह थापा, धनञ्जय तिमिल्सिना, यज्ञमूर्ति अर्याल, रामप्रसाद रिमाल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भूवनेश्वर अधिकारी, नगर सभापति धनराज उपाध्याय, फणिन्द्रराज रेग्मी, चुणामणि रेग्मी, नरराज गिरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका सचिव लोकराज रेग्मीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष भक्तबहादुर रावलले संस्थाको दुई लाख ६८ हजार दुई सय ९५ रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
साधारण सभामा देवकोटा साहित्य कला परिवारको वार्षिक प्रकाशन सैना पत्रिकाको विमोचन गरिएको थियो ।
चार जना सम्मानित
यसैबीच, बृद्ध सेवा समिति टीकापुरले पत्रकार दुर्गा देवकोटा सहित चार जनालाई सम्मान गरेको छ । समितिले पत्रकार देवकोटा, योगगुरु पृथ्वीराज रावल र बृद्धसेवा समितिका सचिव लोकराज रेग्मीलाई जनही दश हजार पाँच सय रुपैयाँ राशिको मोहन प्रतीभा सम्मान प्रदान गरियो ।
त्यस्तै, कार्यक्रममा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा पर्न सफल सांसद उमादेवी वादीलाई सम्मान गरियो ।




