संवैधानिक इजलासबाट हटाइए जोशी, १ नम्बर चेम्बर पनि खोसियो
काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई संवैधानिक इजलासबाट हटाइएको छ ।बिहीबार बसेको न्यायपरिषद् बैठकले उनको ठाउँमा मिरा खड्का र हरिकृष्ण कार्कीलाई संवैधानिक इजलासका लागि तोकेको छ ।परिषद्कै बैठकले मेलमिलाप परिषद्को अध्यक्षबाट जोशीलाई हटाएर न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी दिएको छ । बिहीबार नै जोशीले वरिष्ठतम् न्यायाधीशको हैसियतमा पाउने १ नम्बर चेम्बरसमेत खोसिएको छ ।
उनलाई सर्वोच्च अदालतको अर्को कोठा दिइएको स्रोतले बतायो ।१ नम्बर इजलासको चेम्बर जोशी पछिका वरिष्ठतम् न्यायाधीश दीपक कार्कीलाई दिएको छ ।
– ईकान्तिपुर