खागसहित भण्डारी पक्राउ
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट एक जनालाई गैडाको खागसहित पक्राउ गरेको छ ।
प्रहरीले धनगढी–५, जाईका चक्र भण्डारीलाई धनगढी–६, जालीस्थित आफन्तको घरमा लुकेर बसेको बेला खाग सहित पक्राउ गरेको हो । प्रहरीले गैडाको खाग जस्तो वस्तुसहित भण्डारीलाई मंगलबार सा“झ पक्राउ गरेको जनाएको छ ।
बाजुराको बुढिगंगा नगरपालिका–३ मा स्थायी घर भएका भण्डारीले भारतबाट सो खाग ल्याएको बयान दिएको प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताए । भण्डारीको साथबाट बरामद गरिएको खागको तौल एक किलो दुई सय ९० ग्राम र मोटाई ४२।५ र लम्बाई ३२।४ सेन्टीमिटर छ ।
भण्डारीलाई खाग सहित डिविजन वन कार्यालय कैलालीलाई बुझाउने तयारी गरिएको प्रहरी नायव उपरीक्षक ओलीले बताए । उनले थप अनुसन्धान वनले गर्ने बताए । एक महिनासम्म अनुसन्धान गरी पक्राउ गर्न सफल भएको बताउँदै उनले तस्करीमा संलग्न अन्यलाई पनि पक्राउ गर्ने प्रयास भइरहेको बताए ।
वन्यजन्तुको ओखेटोपार तस्करी गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार पाँचदेखि १० लाख जरिवाना र पाँचदेखि १५ वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था छ ।




