वादी समाजको नयाँ कार्यसमिति गठन
धनगढी । सुदूरपश्चिम वादी समाजको नयाँ कार्यसमिति गठन भएको छ । मंगलबार धनगढीमा भएको एक भेलाले रमा वादीलाई निर्विरोध रूपमा चयन गरेको छ ।
निर्वाचन समिति संयोजक शुकलाल नेपालीका अनुसार प्रदेश स्तरीय पहिलो भेलाले निर्विरोध रूपमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा हिक्मत वादी, सचिवमा नन्दराम वादी, कोषाध्यक्षमा पदम राना (कञ्चनपुर) र सहसचिवमा विश्राम वादी चयन भएका छन् । सदस्यहरूमा खडकबहादुर गाइने (कैलाली), बमबहादुर कुमाल (कञ्चनपुर), बेलु नेपाली (कञ्चनपुर), जनक कुमाल (बैतडी) र राधा विक (कैलाली) चयन भएका छन् ।