१६ पुष २०८२, बुधबार

विद्यालय स्तरोन्नतिका लागि महायज्ञ



धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा रहेको शुक्र माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि महायज्ञ आयोजना हुने भएको छ ।
विद्यालयको स्तरोन्नतिका लागि आगामी माघ ११ गतेदेखि खानीडाँडामा ग्वासी समैजी धार्मिक तथा शैक्षिक महोत्सव आयोजना हुने जनाइएको छ ।
वडा नम्बर ५ का अध्यक्ष नरबहादुर तामाङले विद्यालयमा कक्षा सञ्चालन गर्न आर्थिक अभाव भइरहेकोले महायज्ञ आयोजना गर्न लागिएको बताए ।
उनका अनुसार विद्यालयमा माध्यमिक तहका लागि दरबन्दी छैन । साविक जिल्ला शिक्षा कार्यालयले दुई वटा राहत दरबन्दी उपलब्ध गराएको र माध्यमिक तहमा निजी स्रोतमा दुई जना शिक्षक कार्यरत रहेका छन् ।
त्यस्तै, आधारभूत तहमा एक जना निजी स्रोतमा शिक्षक कार्यरत रहेका छन् ।
यसैबीच, बुधबार प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले महायज्ञ आयोजनक समितिको सचिवालय उद्घाटन गरेका छन् ।
सो अवसरमा सामाजिक विकास मन्त्री सुवेदीले स्थानीय पूर्वाधार विकास कोषबाट विद्यालयलाई १० लाख रुपैयाँ अनुदान प्रदान गर्ने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार