दोस्रो ‘नेपाल आइडल’ रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु
धनगढी । दोस्रो ‘नेपाल आइडल’ रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ।
करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षीया विष्णा ओडलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो। तर, उनलाई अस्पतालले मृत घोषणा गरेको कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए।सेती अञ्चल अस्पतालका अनुसार अस्पताल ल्याइपुर्याउँदासम्म ओडको मृत्यु भइसकेको थियो।
करेन्ट लागे लगत्तै घाइते ओडलाई बुधबार बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्याइको थियो।
रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको थियो। मृतक विष्णा ओडकी कान्छीआमा हुन्।
रविलाई उनैले रेखदेख गर्दै आएकी थिइन्। रविका बाबु कामको सिलसिलामा भारतमा छन्।