छाउपडी प्रथा उन्मुलन गर्न राजनीतिक दलको प्रतिवद्धता
लम्की । लम्कीचुहा नगरपालिका राजनीतिक दलहरूले छाउपडी प्रथा उन्मुलन गर्ने प्रतिवद्धता गरेका छन् । लम्कीचुहा नगरपालिकाले मंगलबार आयोजना गरेको एक कार्यक्रममा राजनीतिक दलले छाउपडी प्रथा उन्मुलन अभियान सफल बनाउने प्रतिवद्धता व्यक्त गरे ।
नेकपाका लम्कीचुहा नगर समिति अध्यक्ष दलबहादुर रावल, नेपाली काँग्रसका नगर सभापति रामबहादुर बिष्ट, राष्ट्रिय जनमोर्चाका अध्यक्ष मिलन शाही, मजदूर किसान पार्टीका रमेश रावल र राप्रपा नेपालका नेता मानबहादुर शाही लगायतले छाउपडी प्रथा उन्मुलन गर्ने प्रतिवद्धता गरेका थिए ।
कार्यक्रममा बिमला शाही, सुमन सन्ज्याल, गीता गड्तौला थापा, कोकिला देवल, विस्नाकुमारी बिसी लगायतले छाउपडी प्रथा उन्मुलन गर्न पुरुषको बढी भूमिका रहेको चर्चा गरे ।
लम्कीचुहा नगरपालिकाले छाउपडी प्रथा उन्मुलन गर्न विभिन्न कार्यक्रम सहित एक महिने अभियान सञ्चालन गरेको छ ।
छाउपडी प्रथा उन्मुलन अभियानमा सामाजिक परिचालनको लागि हरियो वन कार्यक्रमले आर्थिक र भौतिक सहयोग छ ।
अभियानका क्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर ६ चैनपुरका २३ वर्षीया सिर्जना बिकले पुस ४ गते छाउगोठ भत्काएकी थिइन् ।




