१६ पुष २०८२, बुधबार

ओलीवंशको नयाँ कार्यसमिति



धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय ओलीवंशको सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै मंगलबार धनगढीमा समापन भएको छ ।
सम्मेलनबाट गणेशराज ओलीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको अपाध्यक्षमा नरबहादुर ओली, महासचिवमा सोमान ओली चयन भएका छन् । यस्तै, सदस्यमा डम्मरबहादुर ओली, सुनिलकुमार ओली, कृष्ण ओली, पदम ओली र भुपेन्द्र ओली चयन भएका छन् । यसअघि सम्मेलनको राष्ट्रिय सभा सदस्य कमला ओलीले उद्घाटन गरेकी थिइन् । कार्यक्रम ओलीवंश संगठनका केन्द्रीय अध्यक्ष हरि ओलीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा प्रदेश नम्बर–५ का प्रदेश सभा सदस्य उत्तमकुमार ओली, शिव ओली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार