अग्नी सुरक्षा तालिम
धनगढी । कैलालीको धनगढीमा समुदायमा आधारित अग्नी सुरक्षा तथा खोज उद्धार तालिम सम्पन्न भएको छ ।
हेल्प एज इन्टरनेश्नलको आर्थिक सहयोगमा जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालको आयोजनामा नेपालमा समावेशी प्रकोप उत्थानशिल प्रयासहरूबाट जोखिमपूर्ण समुदायको पूर्व तयारीस्थिति निर्माण परियोजना अन्र्तगत सो तालिम भएको हो ।विपदबाट जोगिन र हुन सक्ने क्षति न्यूनिकरण गर्न आयोजना गरिएको तालिममा शशस्त्र प्रहरी वल ३४ नम्बर गणका प्रहरी नायव निरिक्षक किसनसिंह टेर र फाया नेपालका परियोजना संयोजक मिनबहादुर हुडकेले सहजीकरण गरेका थिए ।
तालिममा धनगढी उपमहानगरपालिका वडा नम्बर १०, १५ र १८, गोदावरी नगरपालिका वडा नम्बर १ र १० तथा गौरिगंगा नगरपालिका वडा नम्बर १ र ७ का ज्येष्ठ नागरिक अध्यक्ष, युवा क्लका अध्यक्ष तथा पदाधिकारी र जनप्रतिनिधी गरि ३२ जनाको सहभागिता रहेको थियो । तालिमको फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले समापन गरेका थिए ।