१६ पुष २०८२, बुधबार

सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएको गुनासो



धनगढी । कैलालीका एचआइभी संक्रमितहरूले सरकारले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको गुनासो गरेका छन् ।एचआइभी संक्रमितहरूका सवाल विषयक एक दिने जिल्ला स्तरिया अन्र्तक्रिया कार्यक्रममा बोल्दै अधिकांस एचआइभी संक्रमितहरूले सरकारले समाजिक सुरक्षा भत्ता कार्यक्रममा आफुहरूलाई समेट्न नसकेको गुनासो गरेका थिए ।
नेपालको संविधान २०७२ ले सामाजिक सुरक्षाको हक अन्र्तगत आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका बालबालिका, आफनो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुने छ भन्ने व्यवस्था गरेको छ । उनीहरूले सामाजिक सुरक्षाको हक अन्र्तगत एचआईभी संक्रमित पनि उल्लेख गर्नुपर्ने माग गरेका छन् ।
एचआईभी संक्रमित जगत भण्डारीले सामाजिक सुरक्षा भत्ताको व्यवस्थाका लागि सरकारसंग दबाब दिन आवश्यक रहेको बताए ।
नेपालमा एचआईभी संक्रमितहरू सामाजिक सुरक्षाभन्दा बाहिर किन भन्ने कार्यपत्र संस्थागत विकास सञ्जालका बाल्मिकी आउजीले प्रस्तुतिकरण गरेका थिए ।
त्यस्तै, एचआईभी संक्रमितहरूको जिल्ला स्तरिय पैरवी समुह कैलाली आइतबार गठन गरिएको छ । जगतबहादुर भण्डारीको संयोजकत्वमा ११ सदस्यीय समुह गठन गरिएको हो ।
जसमा धनीराज जैशी, गोरख विक, इश्वरी भण्डारी, महेन्द्र खडका, गौरि मिजार, पार्वती विक, शिवा शाही, पहलसिंह विक र आराधना श्रेष्ठ रहेका छन् ।
समुहले एचआईभी संक्रमितहरूका पक्षमा विभिन्न काम गर्ने संयोजक भण्डारीले बताए । उनले एचआईभि पीडितहरूको समस्या समाधानका लागि सरकारलाई दबाब दिनसमेत समुहले काम गर्ने बताए ।
पैरवी अधिकार समितिका संयोजक गगन विकको अध्यक्षतामा भएको कार्यक्रममा गैर सरकारी महासंघ कैलाली अध्यक्ष हेमकर्ण विक प्रमुख अतिथी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार