१४ कार्तिक २०८१, बुधबार

साना किसाको साधारण सभा



धनगढी । साना किसान कृषि सहकारी संस्था, परासनको आठौं वार्षिक साधारण सभा शनिबार पुनर्वासमा भएको छ ।
साधारण सभाको सुदूरपश्चिम प्रदेश सदस्य तारा लामा तामाङले उद्घाटन गरेका थिए । साधारण सभा संस्थाका अध्यक्ष धर्मकला पौडेलको अध्यक्षतामा भएको थियो ।
साधारण सभामा संस्थाका प्रबन्धक लक्ष्मी अधिकारीले गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् ।
सो सहकारी संस्थामा एक सय ८९ समूहका एक हजार दुई सय ५० जना महिला सदस्य रहेका छन् ।
संस्थाले गत असार मसान्तमा दुई करोड ९९ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार