२ श्रावण २०८२, बिहीबार

प्यावसन कैलालीमा अध्यक्ष र महाधिवेशन प्रतिनिधिबाहेक सबै सर्वसम्मत



टीकापुर । कैलालीको टीकापुरमा जारी निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (ब्याप्सन) कैलालीको १३ औं अधिवेशनले अध्यक्ष र महाधिवेशन प्रतिनिधिवाहेकको नेतृत्व सर्वसम्मत गरेको छ ।
प्यावसन कैलालीको अध्यक्षमा डिल्लीराज रेग्मी र योगेन्द्र हमालको उम्मेदवारी परेको छ भने ११ जना महाधिवेशन प्रतिनिधिका लागि १३ जनाको उम्मेदवारी परेकोले मध्यान्ह १२ बजेपछि मतदान हुने तयारी भैरहेको निर्वाचन समितिका सदस्य सीपी न्यौपानेले जानकारी दिए ।
प्यावसन कैलालीको वरिष्ठ उपाध्यक्षमा टोपेन्द्र शाह, उपाध्यक्षमा हेमन्तकुमार बस्नेत, हेमप्रसाद भण्डारी, दयाराम सञ्ज्याल, सचिवमा डिल्लीराज जैसी, कोषाध्यक्षमा अमरबहादुर ओली, सहसचिवमा चक्रराज तिमिल्सेना, गोपाल शर्मा, तर्कराज भट्टराई, सहकोषाध्यक्षमा दिलिपसिंह आले निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरुमा डम्बबरदत्त जैसी, मोहनबबहादुर खत्री, शंकरप्रसाद अधिकारी, टेकराज अवस्थी, झपट सोडारी, पे्रम साहू, देवबबहादुर कु“वर, भवानीप्रसाद भाट, चेतराज देवकोटा र परमभक्त जैसी निर्विरोध चयन भएका छन् ।
अधिवेशनको प्यावसनका केन्द्रीय अध्यक्ष विजय सम्वाहाम्फेले शुक्रबार उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार