१४ कार्तिक २०८१, बुधबार

बर्दगोरिया गाउँपालिकाका कर्मचारी आन्दोलित



बौनिया । कैलालीको बदैगोरिया गाउँपालिकामा कार्यरत कर्मचारीहरूले बिहीबारदेखि आन्दोलन शुरु गरेका छन् ।
कर्मचारी समायोजन अध्यादेश, २०७५ को विरोधमा बिहीबारदेखि गाउँपालिकाका अस्थायी र करारमा कार्यरत कर्मचारीहरूले आन्दोलन शुरु गरेका छन् ।
कर्मचारी एसोसिएसन बर्दगोरिया गाउँपालिका इकाई समितिले बिहीबार नै गाउँपालिका उपाध्यक्ष भगवती देवी डंगौराथारू र निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीलाई ज्ञापनपत्र पनि बुझाएको छ ।
कर्मचारी एसोसिएसनका गाउँपालिका इकाई अध्यक्ष शेरबहादुर बडायकले आफ्ना माग पुरा नभए कडा आन्दोलन अघि बढाइने बताए । यससँगै बिहीबारदेखि गाउँपालिकामा कामकाज समेत ठप्प पारिएको छ ।
इकाई समितिका अनुसार अगामी १० गतेसम्म गाउँपालिका कामकाजहरू ठप्प पारिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार