२१ आश्विन २०८१, सोमबार

सबै पक्षलाई समेटेर अधिवेशन गर्न माग



धनगढी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ, कैलालीको वर्तमान नेतृत्वले महाधिवेशन प्रतिनिधि चयनदेखि अन्य निर्णयमा एकलौटी गरेको आरोप लगाइएको छ ।
नेविसंघका केही नेताहरूले संघको कार्यबाहक अध्यक्ष तथा समितिले सबै पक्षलाई समेटेर अधिवेशनको वातावरण समापन गर्न माग गरेका छन् । नेविसंघ, कैलालीको वर्तमान नेतृत्वप्रति असन्तुष्ट रहेका पक्षले बिहीबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै कार्यबाहक अध्यक्षले कार्यसमितिका अन्य पदाधिकारीहरूसँग छलफलनै नगरी एकलौटी ढंगले निर्णय गरिरहेको आरोप लगाए ।
असन्तुष्ट पक्षले नेविसंघ, कैलालीको १३ औं अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न बारम्बार नेतृत्वको ध्यानाकर्षण गर्दा पनि कुनै ध्यान नदिएको आरोप लगाए ।
नेविसंघ, कैलालीको नेतृत्वको क्रियाकलापप्रति असन्तुष्ट रहेका पक्षले धनगढी उपमहानगरपालिकामा कृष्ण कुँवर र गणेश शाह, गोदावरी नगरपालिकामा पदम ओझा, चुरे गाउँपालिकामा जगत वोहरा र देवराज ओझा, गौरीगंगा नगरपालिकामा भरत खड्का र कैलारी गाउँपालिकामा रतनलाल चौधरीलाई प्रतिनिधिका रूपमा पठाएका छन् ।
त्यस्तै, भजनी नगरपालिकामा सञ्जय विष्ट, घोडाघोडी नगरपालिकामा रवि गिरी, बर्दगोरिया गाउँपालिकामा जुगराम चौधरी र सुरेन्द्र शाही, लम्की नगरपालिकामा हृदयराज उपाध्याय र सुमन सञ्ज्याल, जोशीपुर गाउँपालिकामा विश्वनाथ जोशी र खकेन्द्र मौनी, मोहन्याल गाउँपालिकामा गणेश शाही, टीकापुर नगरपालिकामा झलक तिमिल्सैना र जानकी गाउँपालिकामा अनमोल रावल र शंकर बोगटीलाई प्रतिनिधिका रूपमा खटाइएको जनाइएको छ ।
नेपाल विद्यार्थी संघ, कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति गणेश शाहले कैलालीको नेविसंघको कार्यवाहक अध्यक्षले समितिका अन्य पदाधिकारीसँग कुनै सरसल्लाह नगरेको बताए । उनले केन्द्रीय प्रतिनिधिलाई जिल्लाका सबै पक्षसँग छलफल गरेर १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरे ।
“हिजोदेखि संगठनमा योगदान पुर्‍याएका र पार्टीका लागि काम गरेका युवाहरूलाई वेवास्ता गरिएको छ” क्षेत्रीय सभापति शाहले भने– “अधिकांस स्ववियु सभापति, मनोनित सदस्य, पराजित पदाधिकारी लगायतका अधिकांस युवालाई नेतृत्वले उपेक्षा गरेको छ ।”
उनले आफूहरूले विवाद सिर्जना नगरेको बताउँदै नेतृत्वको रवैयामा परिवर्तन नआए पछि समस्या बृद्धि हुने चेतावनी दिए ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार