६ पुष २०८१, शनिबार

धनगढी जेसिजमा अवस्थी



धनगढी । धनगढी जेसिजको आइतबार भएको ३६ औं अधिवेशनबाट नरेन्द्रराज अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट सर्वसम्मतीले ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको जनाइएको छ ।
कार्यसमितिको कार्यकारणी उपाध्यक्षमा लोकेन्द्र पनेरू र कलेन्द्र शाही चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा गिरीराज भण्डारी, महेश्वर ओझा, हरि जोशी र शुभ ठाकुर चयन भएका छन् ।
त्यस्तै, महासचिवमा सत्यराज जोशी तथा कोषाध्यक्षमा जर्नादन बम चयन भएका छन् । भने कानूनी सल्लाहकारमा लोकराज भट्ट चयन भएका छन् ।
यसअघि अधिवेशनको सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले एक समारोहबीच उद्घाटन गरेका थिए ।
सो अवसरमा प्रदेशका मुख्य न्यायधिवक्ता उपाध्यायले समाजमा बृद्धि भइरहेको विकृति, विसंगति, नैतिक विचलनमा सुधार ल्याउन युवा पंक्ति अग्रसर हुन आह्वान गरे ।
उनले नेपालमा प्रदेश संरचना नौलो अभ्यास भएको चर्चा गरे । भने– “संघ र स्थानीय तहले विगतका अनुभव समेटेका छन्, तर प्रदेशमा कानून, भौतिक र प्रशासनिक संरचना सबै नयाँ छन् । हामी सिक्ने क्रममा छौं र सबैको साथ तथा सहयोगको आवश्यकता रहेको छ ।”
धनगढी जेसिजका निवर्तमान अध्यक्ष यज्ञराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष पदमविक्रम सिंह, राष्ट्रिय कोषाध्यक्ष हेमराज ओझा, अत्तरिया जेसिजका अध्यक्ष कमल कडायत, धनगढी लेडी जेसिजका अध्यक्ष दिप्ती शाही, धनगढी जेसिज पूर्व अध्यक्ष सुरेन्द्र चन्द लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
धनगढी जेसिजका कार्यकारिणी उपाध्यक्ष श्याम पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव लोकेन्द्र पनेरूले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार