१८ बैशाख २०८१, मंगलवार

मदरल्याण्ड युथ कप सुरु



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुरमा मदरल्याण्ड युथ कप २०७५ फुटवल प्रतियोगिता सुरु भएको छ ।
मदरल्याण्ड युथ क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले एक समारोहबीच उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा मदरल्याण्ड युवा क्लव विजयी भएको छ । मदरल्याण्डले रातोपुल युवा क्लवलाई सून्यका विरुद्ध पांच गोल अन्तरले परािजत गर्‍यो ।
मदरल्याण्डका मणिराम चौधरीले दुई गोल गरे । प
प्रतियोगितामा १५ टीमको सहभागीता रहेको छ ।
पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार