१२ श्रावण २०८१, शनिबार

कैलाली बहुमुखी क्याम्पस स्ववियु निर्वाचन : अनेरास्ववियुको अग्रता



धनगढी । मंगलबार भएको कैलाली बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियुले अग्रता लिएका छन् ।
मंगलबार राति १० बजे शुरु भएको मतगणनाको १२ बजेसम्मको नतिजाअनुसार अनेरास्ववियुकाको सभापतिका उम्मेदवार ४३ मत प्राप्त गरेर अग्रस्थान बनाएका छन् ।
उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका गुरुदेव केसी (सुमान)ले ३१ मत प्राप्त गरेका छन् । त्यस्तै, अखिलक्रान्तिकारीका घनश्याम भट्टले छ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत श्यामराज जोशीका अनुसार निर्वाचनमा एक हजार नौ सय ३६ मत खसेको थियो । १२ बजेसम्म एक सय मतगणना भइसकेको निर्वाचन अधिकृत जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार