एमाले नेता कारवाहीमा



धनगढी । नेकपा (एमाले) कैलालीका पुराना नेता हरिशंकर योगी कारवाहीमा परेका छन् । एमाले चुरे गाउँ संगठन कमिटीले पार्टीको साधारण सदस्य नरहने गरेर कारवाही गरेको हो ।
पार्टी गाउँ संगठन कमिटी संयोजक लोकबहादुर सारुका अनुसार योगीले पार्टीको हीत विरुद्ध गतिविधि गरेकाले पार्टीले कारवाही गरेको हो ।
योगी २०६४ को संविधान सभाको चुनावमा एमालेका उम्मेदवार थिए । सो चुनाव माओवादीका लेखराज भट्टले जितेका थिए भने काँग्रेसका दीर्घराज भाट दोस्रो र योगीले तेस्रो मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्