विप्लव क्रान्तिकारीका सहसचिव पक्राउ
धनगढी । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका सहसचिव रमेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार राति गेटामा राखिएको धनगढी उपमहानगरपालिका कार्यालयको बोर्डमा ‘जनपरिषद’ लेखेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
सहसचिव साउँदलाई जिल्ला प्रशासन कार्यालय, कैलालीमा आएको बेला पक्राउ गरेको कैलाली प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विमल धामी, केशव उपाध्यायसहित अन्यलाई पनि खोजतलासी गरिरहेको जनाएको छ ।
प्रहरीले उनीहरू विरुद्ध सार्वजनिक मुद्दा एवं निर्वाचन आचारसंहिता उल्लंघन अन्तर्गत मुद्दा दायर गरेको कैलाली प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।