२१ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीश नियमित काममा



काठमाडौं । सर्वोच्च अदालतको आदेशलगत्तै प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्केकी छन् ।
महाअभियोग प्रस्ताव स्थगन गर्दै प्रधानन्यायाधीशलाई काममा फर्कने सर्वोच्चको फैसलापछि कार्कीले शुक्रबार साँझदेखि नियमित काममा फर्केकी हुन् । ‘प्रधानन्यायाधीशले केही प्रशासनिक टिप्पणीमा सदर गर्ने र निर्णय गर्ने काम गर्नुभयो,’ सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले भने, ‘न्यायिक काम भने पर्सीदेखि गर्नुहुनेछ ।’
प्रधानन्यायाधीशविरुद्ध वैशाख १७ गते कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार