११ श्रावण २०८१, शुक्रबार

सुनचाँदी व्यवसायी संघमा सोप



धनगढी  ।  नेपाल सुनचाँदी व्यवसायी संघ, कैलालीको प्रथम जिल्ला अधिवेशनबाट कृष्णमान सोपको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
शनिबार शुरु भएको जिल्ला अधिवेशनले अध्यक्ष सोपसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई निर्विरोध चयन गरेको थियो ।
समितिको उपाध्यक्षमा रूपक सुनार र यदु सोप, सचिवमा मेघराज लामिछाने, सहसचिवमा गणेश सुनार, कोषाध्यक्षमा लालबहादुर सोप र सहकोषाध्यक्षमा देव पार्की चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा राजकुमार गोतामे, विनय सिजापति, राजिव शाही र पदम सोव चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार