१२ श्रावण २०८१, शनिबार

विकास निर्माणमा ध्यान केन्द्रित गरेको छु : सांसद ओझा



धनगढी  ।  कैलाली क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद पुष्करनाथ ओझाले आफू निरन्तर विकास निर्माणका लागि प्रयासरत रहेको बताएका छन् ।
आइतबार धनगढीमा पत्रकार भेटघाटका अवसरमा उनले आफू सांसद भएपछि यस क्षेत्रको विकासका लागि गरेका प्रयासबारे चर्चा गरे ।
उनले धनगढीको हसनपुर पिपल चौतारादेखिको फास्ट ट्रयाक, धनगढी–अत्तरिया ६ लेन सडक,
अवरुद्ध हुलाकी सडकको काम पुनर्सञ्चालन, विभिन्न ठाउँमा तटबन्धन लगायतका कामलाई आफूले प्राथमिकतामा राखेको बताए ।
‘मैले गर्नुपर्ने धेरै काम अझैं बाँकी छन्’ उनले भने तर केही कामको सुरुवात भइसकेको छ । उनले आफूले निर्वाचनताका जनतासामु कबुल गरेका प्रतिबद्धता पुरा गर्न आफू सधैं सचेत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार