७ जेष्ठ २०८१, सोमबार

आलुको पकेट क्षेत्र आवश्यकः कृषिमन्त्री



गदरिया । कृषि मन्त्री गौरीशंकर चौधरीले कैलालीमा आलुको पकेट क्षेत्र आवश्यक रहेको बताएका छन् ।
मंगलबार कैलालीको गदरिया–९, सामरचौरामा परिश्रम कृषि सहकारी संस्थाको सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गर्दै कृषिमन्त्री चौधरीले समूहगत तथा व्यावसायिक आलुखेतीको विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रम संस्थाका अध्यक्ष रामसुन्दर चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाका निर्देशक गोकर्णराज अर्याल, सेवकका जिल्ला संयोजक यज्ञराज अवस्थी, दीपक बिष्ट, नेपाली का“ग्रेस गदरिया सभापति गरिबदास चौधरी, माओवादी केन्द्रका वसन्त चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका व्यवस्थापक रामसमझ चौधरीले ७० लाख ४० हजार रुपैया“को आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
यसैबीच, साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना (रिज्म) को कार्यावधि थप गर्नुपर्ने अथवा विकल्प दिनुपर्ने, क्षेत्रीय स्तरमा मलखादको बिक्री केन्द्र स्थापना, कोल्ड स्टोरको निर्माण, जोगिनीया ताललाई चौमाला गाविसबाट फिर्ता गर्नुपर्ने मागसहित कृषिमन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार