८ बैशाख २०८१, शनिबार

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइयो



धनगढी । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१६ अवसरमा आइतबार धनगढीमा सुरक्षित आप्रवासन (सामी) जिल्ला परियोजना समन्वय समिति, कैलालीके आयोजनामा प्रभातफेरी र्‍याली निकालिएको छ ।

धनगढीको ट्राफिक चौराहादेखि सुरु भएको प्रभातफेरी र्‍याली बजार परिक्रमा गरी जिल्ला विकास समितिको संस्थानको प्रांगणमा कोणसभामा परिणत भएपछि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

‘सेकतसम्म स्वदेशमा रोजगारी गरौँ, वैदेशिक रोजगारमा जानुनै परे सही सूचना लिएर, सिप सिकेर जाऔ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तक्रिया कार्यक्रम कैलाली स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीको अध्यक्षतामा भएको थियो ।

सुरक्षित आप्रवासन जिल्ला समन्वय समिति, कैलालीका संयोजक समेत रहेका विमलीले सुदूरपश्चिम क्षेत्रमा युवाहरूलाई स्वरोजगारको मुख्य सम्भावना बोकेको क्षेत्र भए पनि युवाहरू वैदेशिक रोजगारीमै आकर्षित हुन दु:खद रहेको बताए । उनले युवाहरूलाई स्वदेशमै आकर्षण गर्न राज्यले पूर्वाधार विकास र औद्योगिक क्षेत्रको स्थापनामा जोड दिइरहेको बताए ।

कार्यक्रममा सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक मनमोहन स्वाँरले राजनीतिक अस्थिरता र वेरोजगारीका कारणहरू युवाहरू विदेश पलायन हुने गरेको बताए ।

कार्यक्रममा श्रम संस्थानका प्रमुख जयदेव विष्ट, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष भरत शाह, सिसिएसका विनोद जोशी, गैर सरकारी संस्था महासंघका अध्यक्ष हेमकर्ण विक, इमानसिंह वडाला, देवी क्षेत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


आप्रवासी हकहित संरक्षण मञ्चका अध्यक्ष श्याम देवलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नरबहादुर रावलले गरेका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०५०/०५१ देखि २०७२/२०७३ सम्म ४३ लाख ७८ हजार छ सय ५६ जना वैदेशिक रोजगारमा रहेको जनाईएको छ ।

यस्तै कैलालीमा २०७२/२०७३ सालमा दुई हजार दुई सय ९५ पुरुष र ७२ महिला खाडी देशमा वैदेशिक रोजगारमा रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार