७ जेष्ठ २०८१, सोमबार

सहयोगी हातहरूको वार्षिक सभा



बौनिया ।  असहायका लागि सहयोगी हातहरू नामक संस्थाको शनिबार वार्षिक सभा भएको छ । सभाको जनकल्याण सामुदायिक वनका अध्यक्ष गणेश ढकालले उद्घाटन गरे । सभा संस्थाका अध्यक्ष बलबहादुर विष्टको अध्यक्षतामा भएको थियो ।

सभामा बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष खडक डँगौरा, पत्रकार रमेश बजगार्इं, समाजसेवी भीमबहादुर विष्ट, एमालेका जयरुप खतिवडा, नेकपा माओवादी केन्द्रका रामबहादुर साउद, राप्रपाका मित्रबहादुर घर्ती, नेपाल रेडक्रसका लक्ष्मीप्रसाद जैशी, नवीन ढुंगाना, पत्रकार लिलाराज खत्री र नवराज खनाल, शिक्षिका सरिता भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा पत्रकारहरू रमेश बजगाई, लिलाराज खत्री, नवराज खनाल, पदमराज ओझा, र गोविन्द विसीलाई सम्मान गरियो ।

कार्यक्रममा संस्थाका सहकोषाध्यक्ष देवेन्द्र जोशीले आर्थिक वर्ष २०७२/०७३ को २८ लाख ११ हजार रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

संस्थाका सदस्य सुनिल भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष हरिकमल ढुंगानाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार