१० श्रावण २०८१, बिहीबार

विपन्न परिवारको सहभागिता हुन सकेन



धनगढी । कैलालीमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (स्वास्थ्य बिमा) लागू भएको आठ महिना बढी भइसकेको छ । तर, हालसम्म पनि यो कार्यक्रममा विपन्न तथा आर्थिक रूपमा जोखिममा परेका परिवारहरूले सेवा पाउन सकेका छैनन् ।
जिल्लामा विपन्न तथा आर्थिक रूपमा जोखिममा परेका परिवारलाई आवश्यक परिचयपत्र वितरण नगरेका कारण स्वास्थ्य बिमा कार्यक्रममा गरिब, विपन्न परिवारलाई सहभागिता गराउन विशेष योजना भए पनि कार्यान्वयन हुन सकेको छैन ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका जिल्ला प्रबन्धक कपिलदेव आचार्यले सहकारी तथा गरिबी निवारण मन्त्रालयले जिल्लामा गरिब, अतिगरिब र गरिबीको जोखिममा रहेका परिवारको परिचयपत्र वितरण नगरेको बताए । स्वास्थ्य बिमा कार्यक्रममा गरिब, अति गरिब र गरिबीको जोखिममा रहेका परिवारलाई सहभागिता गराउन बिमा कार्यक्रममा छुटको व्यवस्था गरेको छ ।health
जिल्ला प्रबन्धक अर्यालका अनुसार बिमा कार्यक्रम अन्तर्गत आर्थिक रूपमा अति जोखिममा रहेका परिवारलाई निःशुल्क, मध्यम गरिब परिवारलाई ७५ प्रतिशत र गरिबीको जोखिममा रहेका परिवारलाई स्वस्थ्य बिमा कार्यक्रममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ‘हामीले कार्यक्रम लागू गर्नुअघि यी वर्गलाई यसरी समावेश गर्छौ भनेर कार्यक्रम ल्यायौं’ उनले भने– तर मन्त्रालयले परिचयपत्र वितरण नगरिदिदा समस्या भएको छ ।
उनले बिमा कार्यक्रमको प्रमुख उद्देश्य स्वास्थ्य सेवाबाट वञ्चित रहेका परिवारलाई स्वास्थ्य उपचार सेवामा ल्याउनु रहेको बताए । उनले भने– अझै पनि कैलालीमा ३२ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छन् र त्यही अनुपातको जनसङ्ख्याको स्वास्थ्य सेवासम्म सहज पहुच छैन ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्याङ्कअनुसार कैलालीमा एक लाख ३७ हजार एक सय २८ परिवारमध्ये ४० हजार दुई सय ५१ परिवार गरिबीको रेखामुनि रहेका छन् ।
सरकारले गरिबीको रेखामुुनि रहेको समुुदायलाई आर्थिक अवस्थाको आधारमा अति गरिब, मध्यम र गरिब गरी तीन वर्गमा विभाजन गर्दै स्वास्थ्य सेवामा पह“ुच पुु¥याउन लागेको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत योगेन्द्र ओझाले बताए ।
उनले जिल्लाबाट सम्पूर्ण तथ्याङ्क सङ्कलन गरी केन्द्रमा पठाइसकेको भए पनि मन्त्रालयबाट काममा ढिलाइ भएको बताए । उनले दशबाह्र दिनभित्रै परिचयपत्र वितरण कार्य सुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार