१० श्रावण २०८१, बिहीबार

अगुवा कार्यकर्ता भेला



२०७३ पुस २, बौनिया । नेकपा एमालेको आयोजनामा कैलाली क्षेत्र नम्बर २ मा शुक्रवार क्षेत्रीय अगुवा कार्यकर्ता भेला भएको छ ।
भेलाको एमालेका केन्द्रीय सदस्य, सांसद गरिमा शाहले उद्घाटन गरिन् । सो अवसरमा केन्द्रीय सदस्य शाहले नेपालको राष्ट्रियता कमजोर बनाउन बाह्य शक्तिले चलखेल गरिरहेको चर्चा गरिन् ।
भेलामा जिल्ला इन्चार्ज झपट रावल, केन्द्रीय सल्लाहकार सदस्य नवलसिंह रावल, जिल्ला अध्यक्ष दीर्घ सोडारी, उपाध्यक्ष रतन थापा, क्षेत्रीय इन्चार्ज डेजी पाण्डेय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम क्षेत्रीय अध्यक्ष लोकराज तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।
क्षेत्रीय उपाध्यक्ष भीमप्रसाद जैशीले स्वागत गरेको सो भेलाको सञ्चालन सचिव महेन्द्र ढुंगानाले गरेका थिए ।
त्यस्तै, सुगरखालमा पनि कार्यकर्ता भेला भएको छ ।
गाउँ कमिटीका अध्यक्ष भीमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य शाह, वैकल्पिक केन्द्रीय सदस्य रावल, जिल्ला अध्यक्ष सोडारी, जिल्ला सदस्य बखत बिष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार