Category: समाचार


सरस्वती सामुदायिक वनको चौथो साधारण सभा

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका १० मा रहेको सरस्वती सामुदायिक वनको चौथौं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई शनिबार भएको छ । कार्यक्रमको सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले उद्घाटन गरे । कार्यक्रममा गौरीगंगा नगरपलिकाका प्रमुख भीम देउवा, लेखा संयोजक गगन धानुक, वडा नम्बर १० का वडाध्यक्ष पदम ऐर,  … Read more

ग्याङ फाइटमा एकको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा ग्याङ फाइटमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ग्याङ फाइटमा परि गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतीका २० वर्षिय युवा अरुण भट्टको मृत्यु भएको छ । कैलाली प्रहरी कार्यालयले भने भट्ट गम्भीर घाइते भएको जनाएपनि अस्पतालमा कार्यरत सुरक्षाकर्मीले अस्पतालमा ल्याउने क्रममै बाटोमा भट्टको  … Read more

पुलिस क्लवले उचाल्यो तेस्रो खप्तड गोल्डकप

धनगढी । नेपाल पुलिस क्लवले धनगढीमा जारी तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप उचालेको छ । शनिबार भएको कडा प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा नेपाल पुलिस क्लवले रुस्लान थ्री स्टार क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो खप्तड गोल्डकपको विजेता बन्यो । जीतसँगै पुलिस क्लवले आकर्षक ट्रफी तथा २१ लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । उपविजेता  … Read more

मानव अधिकार संरक्षण गर्न मासमको माग

धनगढी । मानब अधिकार संरक्षण मञ्च (मासम) नेपाल सुदुरपश्चिम प्रदेश समितिले विभिन्न तीन वटा घटनामा ध्यानाकर्षण भएको जनाएको छ । मासम सुदूरपश्चिमले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव नारायणप्रसाद विडारीले पत्रकारमाथि दुव्र्यबहार गरेको, डा. गोविन्द केसीको अनसन र धनगढी उपमहानगरपालिका–१३ बरपट्टामा थारु र दलित समुदायबीच माघीमा भएको झगडाको घटनाप्रति ध्यानाकषर्ण भएको  … Read more

तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको विजेता नेपाल पुलिस क्लब

धनगढी । तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल खेल नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा रुस्लान थ्री स्टार क्लवलाई नेपाल पुलिस क्लवले शुन्यका विरुद्ध एक गोल प्रहार गर्दै गोल्डकप विजेता भएको हो । नेपाल पुलिस क्लबका अभिशेक रिजालले प्रहरीका लागि कर्नर किकबाट गोल प्रहार गरेका थिए । फाइनल  … Read more

नगर सहकारी संघ गठन

टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा रहेका सहकारी संस्थाहरुको छाता संगठनको रुपमा टीकापुर नगर सहकारी संघ गठन गरिएको छ । टीकापुर क्षेत्रमा रहेका सहकारी संस्थाहरुको भेलाले १५ सदस्यीय सहकारी संघ गठन गरेको हो । टीकापुर नगरपालिकाले माघ ३ गते बिहिबारदेखि आयोजना गरेको टीकापुर नगरपालिका सहकारी ऐन २०७५ सम्बन्धि छलफल कार्यक्रममा भेला भएका सहकारीहरुका पदाधिकारी तथा संचालकहरुले सहकारीका  … Read more

लम्कीटीकापुर प्रेस युनियनमा न्यौपाने

टीकापुर । नेपाल प्रेस युनियन लम्कीटीकापुर शाखाको अध्यक्षमा देवानन्द न्यौपाने चयन भएका छन् । शुक्रबार टीकापुरमा भएको युनियनको चौथो शाखा अधिवेशनबाट न्यौपानेको नेतृत्वमा सर्वसम्मत रुपमा १३ सदस्यीय नयां कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा रतन चौधरी र सिर्जना भण्डारी, सचिवमा नेत्रप्रसाद जैशी, कोषाध्यक्षमा वीरेन्द्र शाह र सहसचिवमा अनिला चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यमा  … Read more

सुरक्षा गार्डहरुद्वारा उजुरी

धनगढी । एनआइसी एसिया बैंक धनगढी शाखाविरुद्ध बैंकका सुरक्षा गार्डहरुले श्रम कार्यालयमा उजुरी दायर गरेका छन् । उनीहरुले आफुहरुलाई जानकारी नगराएर सेवाबाट हटाइएको भन्दै उजुरी दिएको श्रम कार्यालय सेती अञ्चलका सूचना अधिकारी जयदेव विष्टले जानकारी दिए । ‘हामीमा सिधै उजुरी आएको होइन । बोधार्थ भनेर आएको छ’ उनले बैंकसंग यसबारे स्पष्टीकरणका लागि पत्र पठाएको बताए ।  … Read more

योग अनुष्ठान केन्द्र उद्घाटन

धनगढी । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर २९ उद्योग क्षेत्रस्थित मालिका टोलमा दैनिक योग अनुष्ठान केन्द्रको उद्घाटन गरिएको छ । पतञ्जली योग समितीका योग प्रशिक्षकहरुले नियमित रुपमा योग प्रशिक्षण दिनेगरी संचालनमा आएको योग साधना केन्द्रको टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावलले शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । मालिका टोल योग साधना केन्द्रका अध्यक्ष  … Read more

संगम सहकारीको स्थापना दिवस

धनगढी । संगम बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार धनगढीमा स्थापना दिवस मनाइएको छ । सो अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफुहरु धनगढीलाई मानवताको शहर बनाउने अभियानमा जुटेको बताए । उनले धनगढीमा मानव सेवा आश्रमले सडकमा छोडिएका २१ जना असहायहरुलाई आश्रय दिएको चर्चा गरे । उनले भने– सहकारी संस्थाहरुले पनि सामाजिक उत्तरदायित्वकोे क्षेत्रमा छुट्याएको रकम  … Read more