१८ बैशाख २०८१, मंगलवार

संगठनमा योगदान गर्नेहरु प्रवासी नेपाली मञ्चद्धारा सम्मानित




(युरोप)/ प्रवासी नेपाली मञ्च माल्टाद्धारा संगठनमा योगदान गर्नेहरु सम्मानित भएका छन् । हालै माल्टामा भएको मञ्चको दोस्रो बैठकमा निवर्तमान कार्यसमिति र संगठनको प्रवद्धनमा योगदान गरेकाहरु सम्मानित भएका हुन् । मञ्चले सत्य झा, भुवन अर्याल, मधु गोतामे गुरुङ, निरज श्रेष्ठ, हरीप्रसाद पौड्याल र दर्शन लिम्बु लगायतकालाई सम्मान गरेको हो ।

आफ्नो कार्यकालको टिम र प्रवासी नेपाली मञ्चको विकासमा योगदान दिएकाहरुलाई नयाँ कार्यसमितिले सम्मान गरेकोमा आफूलाई निकै खुसी लागेको निवर्तमान अध्यक्ष सत्य झाले बताएका छन् । कामको मूल्याकन गर्ने नयाँ कार्यसमिति र असल व्यक्तित्व र सक्षम नेतृत्व गुण भएका मञ्चका अध्यक्ष बाबु अर्यालको कार्यदक्षताले संगठनले प्रवासी नेपालीको हितमा राम्रो काम हुने उनले बताए ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष बाबु अर्यालले संगठनमा समय दिएर संगठनको विकासमा योगदान गर्दै प्रवासी नेपालीको हीतमा सकेजति राम्रो काम गर्दै आएको निवर्तमान कार्यसमिति र विभिन्न भूमिकामा रहेर योगदान गरेकाहरुलाई सम्मान गरिएको बताए । साँघुरो सोच राखेर अगाडि बढ्न नसकिने भन्दै उनले खुला हृदय राखेर राम्रोकाम र काम गर्नेहरुको मूल्यांकन गर्न कोही पनि चुक्न नहुने बताए ।

आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुकै हीतमा काम गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्दै नेपाल सरकारसंग उनीहरुका समस्या समाधानमा समन्वयको कामगर्ने अर्याल बताउँछन् । प्रवासी नेपालीको हितमा माल्टामा रहेका हामी सबैले समन्वय र सहकार्य गर्दै मिलेर काम गर्नु पर्नेमा उनले जोड दिए ।

बैठकले ११ सदस्यीय निवर्तमान अध्यक्ष सत्य झाको संयोजकत्वमा सल्लाहकार परिषद् गठन गरेको छ । जसमा सचि भुवन अर्याल सदस्यमा क्रमशः यमकुमारी राई, सुवास तिमिल्सैना, हरिप्रसाद पौड्याल, मधु गोतामे गुरुङ र निरज श्रेष्ठ लगातका रहेकाछन् ।

साथै बैठकले अध्यक्ष बाबु अर्यालको संयोजकत्वमा ५ सदस्यीय सचिवालय पनि गठन गरेको संगठन विभाग प्रमुख हेमराज भण्डारीले बताए । त्यसैगरी बैठकले आर्थिक विभाग संयोजक प्रकाश पाण्डे, कला साहित्य संस्कृति विभाग संयोजक प्रभा राई र महिला विभागमा जानुका नेपाललाई जिम्मेवारी प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार