१८ बैशाख २०८१, मंगलवार

एमाले सुदूरपश्चिम बैठकका निर्णय सार्वजनिक




धनगढी/ नेकपा (एमाले) को चैत्र २४ गते धनगढीमा भएको छ । तेस्रो पूर्ण बैठकले गरेका निर्णय मंगलबार सार्वजनिक गरिएको छ ।

प्रदेश कमिटीका अध्यक्ष कमरेड कृष्णप्रसाद जैशीको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, पोलिटव्युरो , केन्द्रीय कमिटी, सल्लाहकार परिषदका सदस्यहरुको उपस्थितिमा बैठक भएको थियो ।

बैठकले केन्द्रीय कमिटीको निर्णय अनुसार २०८१ को पार्टी सदस्यता नविकरण यही चैत्र मसान्त भित्र गरिसक्ने, बझाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा जिल्ला कमिटीका अध्यक्ष दमनबहादुर भण्डारीलाई विजय गराउन सहयोग पार्टीका नेता कार्यकर्ता तथा आम मतदातालाई अनुरोध गर्ने र उपनिर्वाचनमा सहयोगको लागि प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षतामा ५०१ सदस्यीय उपनिर्वाचन सहयोग समिति गठन गर्ने निर्णय गरिएको छ ।

यस्तै गरेर बैठकले २३ विभाग प्रमुख, २२ जनसंगठन इन्चार्ज, ३२ प्रदेश निर्वाचन क्षेत्र इन्चार्ज र ८८ पालिकाका इन्चार्ज तोकेको छ ।

बैठकले सल्लाहकार परिषद र जेष्ठ नागरिक मञ्चको पनि गठन गरेको छ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ ।
बैठकले नेकपा (एकिकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जसपाबाट पार्टी प्रवेस गर्नु भएका १० जना र पार्टी भित्रका १३ जना गरेर जम्मा २३ जनालाई मनोनयन गरेको प्रस्ताव केन्द्रमा अनुमोदनका लागि पठाउने निर्णय गरेको छ । साथै केन्द्रीय कमिटी, सल्लाहकार परिषद, निकाय वा विभागमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले संघीय सरकारको समीकरण परिवर्तन भई नयाँ प्रगतिशील समिकरण बनेकोमा सरकारलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै सुदूरपश्चिममा प्रदेश प्रमुखबाट सरकार गठन गर्न आह्वान गरिएको समय भित्र सरकार गठन गर्न एमाले संसदीय दलको नेतृत्वमा समिकरणमा संलग्न दलहरु लगायत अन्य दल तथा स्वतन्त्र सांसदलाई संलग्न गराई सरकार गठन गर्ने वातावरण बनाउन अनुरोध गरेको छ ।

यस्तै गरेर कैलालीको गेटा स्थित दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिघ्र ऐन निर्माण गरेर मेडिकल कलेज र अस्पताल पूर्ण क्षमताका साथ सञ्चालनसरकार समक्ष माग गरेको छ । सुदूरपश्चिम प्रदेशका रणनीतिक महत्व र आर्थिक उन्नतिको आधार रहेका सेती र महाकाली कोरिडोर सडकहरुमा अघिल्लो समिकरणको सरकारले बजेट कटौति गरेर ढिलाई गरेकोमा सेती लोकमार्गमा निर्माण कार्य अघि बढाइएकोमा खुशी व्यक्त गर्दै, थप बजेटको व्यवस्था गर्न तथा खुटिया (दिपायल) चैनपुर बझांग सडक तथा मार्तडी–रारा सडकमा समेत बजेट वृद्धि गरेर निर्माण प्रक्रिया सिघ्र अघि बढाउन, जडीबुटी, फलफूल लगायतका कृषि जन्य नगदे वालीका लागि एक जिल्ला एक उत्पादनको नीति बनाई कृषकलाई निव्र्याज र सुलभ ऋण उपलव्ध गराउन माग गरिएको छ ।

यस्तै गरेर नेपाली किसानको वर्षाको खेती गर्ने समय शुरु भए सकेको सन्दर्भमा यथा समयमै मल, बीउ र कृषि औजारको व्यवस्था गर्न, सुदूरपश्चिम प्रदेशको हाल राजधानी शहरको रुपमा रहेको धनगढी बजारको बीचको सडक निर्माणाधिन रही यातायात आवागमनमा अत्यन्त कठिनाई उत्पन्न भएकोले निर्माण कार्य शीघ्र सम्पन्न गर्न र गराउन, सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत सम्बन्धन प्राप्त बाँकी क्याम्पसहरुलाई आंगिक क्याम्पस बनाउन विशेष पहल र बजेट व्यवस्था गर्न माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको सन्दर्भमा २०८१ बैशाख १० लाई हीरक महोत्सवका रुपमा मनाउन प्रत्येक वडा, पालिका, जिल्ला र प्रदेशमा पार्टी जिल्ला कमिटी र जनसंगठनका प्रदेश र जिल्ला कमिटीहरुलाई आह्वान गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश अध्यक्ष जैशीले बझाङ एमालेको बलियो पकड भएको क्षेत्र भएकोले आफ्ना उम्मेदवारले चुनाव जित्ने विश्वास व्यक्त गर्दे माओवादी र समाजवादीको समेत समर्थन लिने प्रयास भएको बताए ।

कार्यक्रम प्रदेश कमिटीका उपसचिव तथा प्रसार तथा प्रकाशन विभागका प्रमुख भागरथी विष्टको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलनको सञ्चालन प्रसार विभागका उपप्रमुख मातृकाप्रसाद तिमिल्सेनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार