१७ बैशाख २०८१, सोमबार

पासपोर्ट हराएका र म्याद गुर्जेका प्रवासी नेपालीले पासपोर्ट पाउने





युरोप/ पासपोर्ट (राहदानी) हराएका र म्याद गुर्जेका प्रवासी नेपालीले पासपोर्ट पाउने भएकाछन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको समन्वयमा लन्डनमा रहेको नेपाली राजदुतावासको टोलीबाट माल्टामा पासपोर्ट हराएका र म्याद गुर्जेका प्रवासी नेपालीले पासपोर्ट पाउने भएका हुन् ।

अप्रिल १३ तारिखदेखि १५ तारिखसम्म एनआरएनए माल्टाले संचालन गर्ने पासपोर्ट क्याम्पियनमा पासपोर्ट लगायतका सेवा प्रदानगर्न नेपाली राजदुतावासको एकटोली लन्डनबाट शुक्रबार माल्टा आएको छ । माल्टामा आइपुगेका लन्डन राजदुतावासका तीतृय सचिब गजेन्द्र राई, कार्यालय सचिव विक्रम श्रेष्ठ र कार्यालय सहयोगी हरिबहादुर अछामीलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाले स्वागत गरेको एनआरएनएका महासचिव सन्देश केसीले बताए ।

एनआरएनए माल्टाले आफ्नो कार्यालयमा मार्च २० तारिखदेखि पासपोर्ट हराएका र म्याद गुर्जेका प्रवासी नेपालीको फाराम संकलन गर्ने काम सुरु गरेको उनले बताए । पासपोर्ट क्याम्पियनमा पासपोर्ट रिनुअल लगायतका अन्य आवश्यक सेवा पनि दिईने केसीले जानकारी दिएका छन् ।

एक हजार १४ जनाको फाराम संकलन भए पनि पछि पनि केही व्यक्तिहरु सम्पर्कमा आएकोले करिब एक हजार एक सय जनाले सेवा पाउने भएका छन् । एनआरएनए माल्टाको कार्यालयबाटै सेवा दिने व्यवस्था गरिएको भन्दै एकदिनमा करिब ३५० जनालाई सेवादिने तयारी गरेको केसीले बताए ।

अघिल्लो वर्षमा संचालन गरेको पासपोर्ट रिनुअल क्माम्पिएनबाट सात सय जनाले सेवा लिएका थिए । युरोपको स्पेनबाट पनि पासपोर्ट रिनुअल लगायतका सेवा लिन सकिने भएपनि माल्टाबाटै सेवालिदा कम खर्चिलो र सजिलो हुने केसीले बताएका छन् ।

एनआरएनए माल्टाका सचिव भुवन झाले संस्थाको जिम्मेवारीमा रहेको बेला पासपोर्ट क्याम्पियन संचालन गर्न लन्डन राजदुताबाससंग समन्वय गरेर माल्टामा रहेका प्रवासी नेपालीलाई सेवादिन पाउँदा निकै खुसी लागेको बताए ।

विगतका दिनमा पासपार्ट रिनुअलको झमेला आफूले खेप्नु परेको स्मरण गर्दै अहिले सजिलै पासपोर्ट लगायतका सेवा आफू बसेकै ठाउँमा पाउनु माल्टामा रहेका प्रवासी नेपालीका लागि खुसीको विषय भएको भन्दै एनआरएनए माल्टाले निकै महत्वपूर्ण काम गरेको उनले बताए ।

नेपाल दार्चुला घर भएका नरेन्द्र ठगुन्नाले आफूले पनि पासपोर्ट रिनुअलको लागि फाराम भरेको बताए । स्पेनजाँदा खर्चधेरै हुने थियो माल्टामा कमखर्चमा पासपोर्ट पाउने भएपछि एनआरएनए माल्टालाई धन्यवाद् दिदै संस्थाले राम्रो काम गरेको ठगुन्नाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार