६ कार्तिक २०८१, मंगलवार

बम निष्कृय पारियो



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले सोमबार बिहान निष्क्रिय पारेको छ ।
प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटीदेखि झन्डै चार सय मिटर पश्चिम रहेको उक्त खोलाछेउमा प्रहरीले तालिमप्राप्त कुकुरको सहायताले सर्च गरेको थियो । घटनापछि यहाँ सुरक्षा व्यवस्था कडा पार्नुका साथै सम्बन्धित व्यक्तिको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार