११ पुष २०८१, बिहीबार

जीवनभर धनगढीको सेवा गर्ने धामीको प्रतिबद्धता



धनगढी । कैलाली प्रदेशसभा क्षेत्र नं. ५.२ मा बामगठनबन्धनका तर्फबाट उम्मेदवारी दिएका रमेश धामीले घरघरमा पुगेर एक पटक विश्वास गर्न आग्रह गरेका छन् ।
नेकपा माओवादीका केन्द्रीय सदस्य समेत रहेका धामीले आफूलाई विस्वास गरेर एक पटक जिताएमा नागरिकहरुको मन जित्ने गरी काम गर्ने विश्वास दिलाएका छन् । उनले आफू जितेमा धनगढीलाई प्रदेश नं. ७ को राजधानी बनाउने, धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउने, धनगढीभित्रका मुक्तकमैया र सुकुम्बासीको समस्या समाधान गरी उनीहरुको वस्तीलाई व्यवस्थित बनाउने लगायतको काम गर्ने बताएका छन् ।
धामीले किसानमैत्री कृषि नीतिलाई सिजन शुरु हुनु भन्दा पहिले नै किसानलाई मलखाद, उन्नत विउ र कृषि औजार उपलब्ध गराइने कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । शिक्षालाई आधुनिकरण गर्नका लागि प्राविधिक शिक्षालाई नि:शुल्क बनाउने, गरीव नागरिकका सन्तानले समेत सहज रुपमा उच्च शिक्षा आर्जन गर्न सक्ने नीति अवलम्बन गर्ने बताए ।
जिताएर प्रदेशसभामा काम गर्ने अवसर जनताले आफूलाई दिएमा धनगढीका नागरिकहरुको सेवामा आफ्नो जीवन विताउने प्रतिबद्धता समेत धामीले गरेका छन् । उनले भोट माग्ने क्रममा जनताको घरदैलोमै गएर यही प्रतिबद्धता जनाएको बताएका छन् । धामीले आफ्नो प्रतिबद्धता पुरा गरेर जनताको मन जित्ने र जनतालाई सधैभरि विश्वास दिलाइरहने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार