६ कार्तिक २०८१, मंगलवार

काँग्रेसको चुनावी प्रचारप्रसार



धनगढी । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ ले शनिबार धनगढी उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा शनिबार चुनावी सभाको आयोजना गरेको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ५ ले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ दोदोधरा, वडा नम्बर ११ को बेलागाउँमा चुनावी सभा गरेको छ ।
दोदोधरा र बेलागाउँमा भएको चुनावी सभामा नेपाली काँग्रेस क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजु राणा देउवा, प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले सम्बोधन गरेका थिए ।
त्यस्तै, वडा नम्बर १ मा सन्त निरंकारीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डाक्टर देउवाले सम्बोधन गरेकी थिइन् ।
कार्यक्रममा समानुपातिक उमेदवार टेकवहादुर रैका, दिव्येश्वरी शाह, गौरी लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार