६ कार्तिक २०८१, मंगलवार

विभिन्न पार्टी परित्याग गरी ९२ जना काँग्रेसमा प्रवेश



धनगढी । कैलालीको क्षेत्र नम्बर ५ र ४ मा बिहीबार विभिन्न पार्टी परित्याग गरी ९२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
यस क्रममा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्यसहित २० जना काँग्रेसमा प्रवेश गरे ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १, शान्तिनगरका मोर्चाका केन्द्रीय सदस्य लालबहादुर विक सहित २० जना माओवादी तथा एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए ।
त्यस्तै, नयाँशक्ति पार्टीका केन्द्रीय सचिवालय सदस्य गजेन्द्रबहादुर बिष्ट, राप्रपा नेतृ मथुरा सिंह एमालेबाट धनगढी–४ मा वडा सदस्य उम्मेदवार लक्ष्मी भट्टराई लगायत पनि काँग्रेसमा प्रवेश गरे ।
धनगढीमा आयोजित कार्यक्रममा काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले स्वागत गर्नुका साथै पार्टी सदस्यता वितरण गरिन् ।
उता कैलाली क्षेत्र नम्बर ४ मा एमालेका पुराना नेता प्रेम साउदसहित ७२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार कैलालीको क्षेत्र नम्बर ४ को चुरे गाउँपालिका वडा नम्बर ६ ढुंगेनीमा आयोजित एक कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले नेता साउँद सहित ७२ जनालाई पार्टीको सदस्यता प्रदान गरिन् ।
नेपाली काँग्रेस प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका भानसिंह साउद, सुर्जबहादुर कार्की, दलबहादुर बोहरा लगायत रहेका छन् ।
कार्यक्रममा काँग्रेस महासमिति सदस्य डाक्टर लक्ष्मीराज पाठक, प्रदेश सभा सदस्य (ख) का उम्मेदवार हिरादत्त भट्ट, पूर्व क्षेत्रीय सभापति भीम गौतम, नेता सुरत कार्की, नगर सभापति हेमपकाश उप्रेती, प्रवक्ता तेजबहादुुर खड््का लगायतका नेताकार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी क्षेत्र नम्बर ४ को गौरिगंगा नगरपालिका वडा नम्बर १० को भैंसासुर, भगतपुर, कमैया वस्ती, जानकीटोल, उदासीपुर र चौमालाको सुकुम्बासी वस्तीमा बिहीबार घरदैलो तथा टोलभेला भएका छन् ।
कार्यक्रममा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारी, पूर्व राज्यमन्त्री दीर्घराज भाट, क्षेत्रीय सभापति दिनेशराज जोशी, महाधिवेशन प्रतिनिधि उत्तमबहादुर कठायत, नेता रामबहादुर कलेल, लगायतको सहभागिता रहेको थियो ।

मंसिर १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार