६ कार्तिक २०८१, मंगलवार

उम्मेदवारको गाडीमा आगजनीप्रति एमालेको विरोध



धनगढी । नेकपा (एमाले) कैलालीका उपाध्यक्ष तथा कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार रतन थापाको घरमा राखेको गाडी बुधबार राति अज्ञात समूहले आगजनी गरेको छ । सो घटनाको नेकपा एमाले कैलालीले बिरोध गरेको छ ।
‘हाम्रो पार्टी यस्तो निन्दनीय कार्यलाई आतंककारी क्रियाकलाप ठान्दछ, अज्ञात समूहको नाममा अनुसन्धान कार्यलाई कमजोर नबनाउन प्रहरी प्रशासनलाई आग्रह गर्दछौं’ सचिव चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ( ‘त्यसैले घटनाको अनुसन्धान गरेर अपराधीलाई कानुनी कठघरामा उभ्याउन प्रहरी प्रशासनसँग माग गर्दछौं । ’
विहीबार सचिव रणबहादुर चन्द, सचिवालय सदस्य दीर्घ जोशी, विमल जोशीले घटनास्थलको प्रत्येक्ष अवलोकन गरेको छ ।
उनको लम्कीचुहा नगरपालिकामा रहेको घर पछाडि राखिएको बा १६ च ६८९९ नम्बरको जीपमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
आगजनी कसले गर्‍यो भन्नेबारे थाहा हुन नसकेको उनले बताए । प्रहरी नायव उपरीक्षक बुढामगरले आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको बताए ।

मंसिर १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार