२७ पुष २०८१, शनिबार

राना भन्छन्– देउवाले मुक्त कमैया र हलियाका नाममा राजनीति गरे



धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी रानाले काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैया, हलिया तथा सुकुम्बासीका नाममा राजनीति गरेको आरोप लगाएका छन् ।
उनले आफूले चुनाव जितेमा मुक्त कमैया, हलिया र सुकुम्बासीको समस्या सधैंका लागि अन्त्य गर्ने दाबी गरे ।
चुनावी प्रचारप्रसारको क्रममा मंगलबार विभिन्न मुक्त कमैया बस्तीमा पुगेका उनले भने– ‘यहाँका मुक्त कमैया र हलियाले जिताएका देउवा प्रधानमन्त्री त भए, तर समस्या समाधान गर्न सकेनन् ।’
उनले मुक्त भएको दुई दशक वित्नलाग्दा पनि अझै सयौ मुक्त, कमैया र हलियाको पुन:स्थापना हुन नसकेको चर्चा गरे ।
उनले यसअघिका चुनावमा मुक्त हलिया र कमैयाहरू ठगिएको बताए । ‘मलाई जिताउनुभयो भने तपाईहरूलाई घर र जग्गाको लालपुर्जाका साथै तपाईका छोराछारीलाई शिक्षा, स्वाथ्य तथा रोजगारीको व्यवस्था गर्नेछु ।
उनले अरुको आश्वासनमा नलाग्न आग्रह गरे । उनले बाम गठबन्धनले घोषणापत्रमा मुक्त कमैया तथा हलियाका लागि थुप्रै व्यवस्था गर्ने उल्ल्ेख गरेको बताए । उनले आफूले जित्ने वित्तिकै मुक्त कमैया वस्तीमा खानेपानी, विद्युतको प्रबन्ध गर्ने बताए ।

मंसिर १३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार