६ कार्तिक २०८१, मंगलवार

नालीमा डुबेर दुई बालबालिकाको मृत्यु



धनगढी । नालीमा डुबेर कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँमा शनिबार दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरबहादुर थापामगरका अनुसार रामलक्ष्मण रानाका साढे दुई वर्षका छोरा अमित राना र जोगराज रानाका छोरी साढे दुई वर्षीया केशवी राना रहेका छन् ।
मृतक दुबै बालबालिकाको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल ल्याइएको प्रहरी उपरिक्षक थामागरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार