६ कार्तिक २०८१, मंगलवार

बाम गठबन्धनद्वारा चुनावी प्रचारप्रसार



धनगढी । बाम गठबन्धनले कैलाली जिल्लाका विभिन्न स्थानमा चुनावी सभा तथा घरदैलो अभियान सम्पन्न गरेको छ ।
क्षेत्र नं. ५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानमा चुनावीसभा तथा घरदैलो अभियान सम्पन्न भएको छ । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार नारदमुनी रानाले ती सभालाई सम्बोधन गर्दै घरदैलो अभियान सम्पन्न गरेको जनाइएको छ । शनिबार वडा नं. १२ मा घरदैलो, सी गाउामा आमसभा, वडा नं. ५ जाईमा आमसभा, वडा नं. ३ मा आमसभा, वडा नं. ६ र ११ मा वडा भेला सम्पन्न भएका छन् ।
सभामा वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी राना, प्रदेश सभा १ का उम्मेदवार नेपालु चौधरी र २ का उम्मेदवार रमेश धामीलगायतले सम्बोधन गरेका थिए । सो अवसरमा प्रतिनिधि सभा सदस्य उम्मेदवार रानाले राजनीतिक स्थायित्व र आर्थिक सम्बृद्धिका लागि बाम गठबन्धनका पक्षमा मतदान गरी विजयी गराउन आग्रह गरे ।
यस्तै क्षेत्र नं. ४ अन्तर्गत गोदावरी नगरपालिकाको हाटखोलीमा बाम गठबन्धनले घरदैलो तथा टोलसभा सम्पन्न गरेको छ । प्रतिनिधिसभाका उम्मेदवार लेखराज भट्ट, प्रदेशसभा उम्मेदवार कृष्ण सुवेदीले सम्बोधन गरेका थिए ।
यसैगरी संयुक्त बाम युवा भेला शनिबार सम्पन्न भएको छ । बाबुराजा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलालाई प्रतिनिधिसभाका उम्मेदवार नारदमुनी राना, प्रदेशसभा १ का नेपालु चौधरी २ का रमेशधामीले आसन्न निर्वाचनमा बाम गठबन्धनलाई विजयी गराउन एकतावद्ध भएर लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार