६ कार्तिक २०८१, मंगलवार

पदाधिकारीहरूद्वारा पदभार ग्रहण



धनगढी । सुदूरपश्चिम यातायात व्यवसायी समितिको ३१ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
एक कार्यक्रमबीच निर्वाचन अधिकृत कृष्णप्रसाद कलौनीले निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।
साधारण सभाबाट अध्यक्षमा पदम सापकोटा, वरिष्ठ उपाध्यक्षमा गणेशराज पाण्डे, प्रशासन उपाध्यक्षमा दामोदर कठायत, उपाध्यक्षमा रमेश उप्रेती र महासचिवमा सुरेन्द्र बोहरा निर्वाचित भएका थिए ।
त्यस्तै, क्षेत्रगत उपाध्यक्षमा मधु श्रीमाल, महादेव विष्ट र नरेश थापा निर्वाचित भएका छन् । सचिवमा विनी खड्का, कोषाध्यक्षमा गोविन्द शाह र सह–कोषाध्यक्षमा रामदक्त भट्ट निर्वाचित भएका थिए ।
त्यसैगरी सदस्यहरूमा रामदत्त भट्ट, केशवराज पन्त, भीम कुँवर, राम महरा, मीन कुावर, दीपक विष्ट, जयबहादुर विष्ट र हेमन्त मल्ल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार