२६ पुष २०८१, शुक्रबार

अपाङ्गताबारे कलम चलाउने सम्मानित



धनगढी । अत्तरियामा सञ्चालित समावेशी विद्यालयले अपाङ्गका क्षेत्रमा कलम चलाए वाफत पत्रकार हिमाल जोशीलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष समेत रहेका जोशीलाई बिहीबार एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
विगत ११ वर्षदेखि मेघराज रोस्यारा अपांगता सहायता केन्द्रले सुप समावेशी आधारभुत विद्यालयको समन्वयमा हरेक वर्ष १ जना पत्रकारलाई सम्मान र अपांगता भएका विद्यार्थीलाई छात्रबृति प्रदान गर्दै आइरहेको छ । यसै अन्तर्गत बिहीबार सुप समावेशी आधारभूत विद्यालय अत्तरियामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कैलालीका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले पत्रकार जोशीलाई सम्मानपत्र सहित दोषल्ला ओढाएर सम्मान गरेका हुन । सोही अवसरमा ६ जना जेहेन्दार अपांगता भएका बिद्यार्थीहरूलाई पनि छात्रबृति समेत वितरण गरिएको छ ।
जसमा ४ जनालाई जनहि २५ सय ५ र दुई जनालाई जनहि २ हजार ५ का दरले छात्रबृति वितरण गरिएको सुप समावेशी विद्यालयका संयोजक मानबहादुर साउँदले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनि साउँदको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा निर्मित नयाँ भवन र शौचालय तथा स्नानगृहको पनि उद्घाटन गरिएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंह, मेघराज रोस्यारा अपांगता सहायता केन्द्रका सञ्चालक जयराज ओझा, अत्तरिया उद्योग वाणिज्य संघका महासचिव अशोकराज देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मंसिर ०१ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार