६ कार्तिक २०८१, मंगलवार

सामाजिक लेखाजोखा कार्यक्रम



दरख । कैलालीको घोडाघोडी नगरपालिकामा कृषि खाद्य सुरक्षा र लक्षित कार्यक्रमको सामाजिक लेखाजोखा कार्यक्रम विहीवार घोडाघोडी नगरपालिकाको सुखडमा भएको छ ।
कार्यक्रममा घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले घोडाघोडी नगरपालिकाको आ.व. २०७४ ०७५ को ७१ करोड ४० लाख रुपैयाको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले नगरपालिकाको निती तथा कार्यक्रमहरुमा सिमान्तकृत साना किसान विपन्न समुदायको स्थानिय श्रोत साधन सेवा सुविधामा पहुँच, समानुपातिक प्रतिनिधित्व, सूचना प्रवाहलाई प्रभावकारी कार्यान्वयन र सिमान्तकृत समुदायको कृषि र खाद्य सुरक्षा लक्षित बजेट तथा कार्यक्रममा वृद्धि गरिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा फाया नेपालका कार्यक्रम संयोजक राजेन्द्र रैकाले कृषि, खाद्य सुरक्षा र लक्षित कार्यक्रममा सिमान्तकृत समुदायको पहुाचका वारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा घोडाघाडी नगरपालिकाका उपप्रमुख प्रेम कुमारी थापा,घोडाघोडी नगरपालिका वडा अध्यक्षहरु भिम वहादुर वम, मनराज शाही, टेक वहादुर बुढा, प्रेम वहादुर रोकाया र कृष्ण वहादुर शाह र नगर कार्यपालिकाका सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम किसान महासंघका अध्यक्ष विन्तीराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन शेखर पोखरेलले गरेका थिए ।

मंसिर ०१ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार