६ कार्तिक २०८१, मंगलवार

सरकार शान्तिपूर्ण वातावरणमा निर्वाचन गर्न कटिवद्ध– प्रधानमन्त्री



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कटिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीले सुरक्षा अधिकारीहरूलाई निर्वाचनमा अवरोध पुर्‍याउने खालका कुनै पनि घटना हुननदिन सुरक्षा व्यवस्था अझ कडा र प्रभावकारी बनाउन निर्देशन दिए ।
‘पछिल्ला दिनमा मुलुकका केही स्थानमा चुनावलाई प्रभावित पार्ने दुस्प्रयास भइरहेका छन्’ बुधबार धनगढीमा भएको प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने– निर्वाचनमा अवरोध पुर्‍याउने खालका गतिविधि कसरी भइरहेका छन् ? सुरक्षा निकायबाट कहाँ के कमजोरी भयो ? भन्नेबारे गम्भीर विश्लेषण आजश्यक छ ।
निकै छोटो सम्बोधन गरेका प्रधानमन्त्री देउवाले उम्मेदवारहरूको सुरक्षामा ध्यान दिन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिए । उनले भने– मुलुकका केही स्थानमा प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूमाथि सुरक्षा चुनौति बढेको देखिएको छ, उम्मेदवारहरूलाई निर्धक्कसंग प्रचारप्रसार गर्ने वातावरण बनाउन कुनै कसर बाँकी नराख्नुहोला ।

लोकतान्त्रिक गणतन्त्र पक्षधर र विरोधीबीचको लडाई
यसअघि, बुधबार नै कैलालीको लम्कीमा नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन लोकतान्त्रिक गणतन्त्र पक्षधर र निरंकुश अधिनायकवादीबीचको लडाञी भएको बताए ।
प्रधानमन्त्री देउवाले बामपन्थी गठबन्धन नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने नियतबस निर्माण भएको बताए । ‘यतिवेला मुलुक महत्वपूर्ण देश महत्वपुर्ण मोडमा उभिएको छ’ उनले भने– यो निर्वाचनमार्फत मुलुकलाई कतातर्फ डोर्‍याउने भन्ने फैसला नेपाली जनता स्वयंले गर्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले नेपालको इतिहासमा लोकतन्त्रको स्थापना तथा रक्षाका लागि नेपाली काँग्रेसको अहम् भूमिका रहेको चर्चा गरे । भने– अहिले नेपालमा दिगो शान्ति र लोकतन्त्र तथा स्थायित्व चाहने लोकतान्त्रिक गठबन्धन र अस्थिरता र अन्योल सिर्जना खोज्ने शक्तिबीचको संघर्ष भएकोले आम नेपाली जनताले लोकतन्त्रका पक्षमा मतदान गर्न हार्दिक अपलि गर्दछु ।
उनले आफू सधैं सुदूरपश्चिमको आर्थिक विकासका लागि सधैं सजग रहदै आएको चर्चा गरे । मंगलबारदेखि पश्चिम नेपालको भ्रमण रहेका प्रधानमन्त्रीले बुधबार दिउसो धनगढीमा कार्यकर्ताहरूसंग भेटघाट गरेका थिए ।
प्रधानमन्त्री देउवाले डडेल्धुरा, बैतडी, दार्चुला लगायत प्रदेश नम्बर ७ का विभिन्न जिल्लामा आयोजना हुने चुनावी सभामा सहभागी बन्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार