५ कार्तिक २०८१, सोमबार

पशुपंक्षी दर्ता शुल्क निर्धारण



धनगढी । पशुसेवा केन्द्र टीकापुरले पशुपक्षी दर्ता शुल्क निर्धारण गरी लागू गरेको छ । पशुसेवा केन्द्रले पशुहरूको उपचार, परिक्षण, बन्धाकरण गर्भाधान लगाएत विभिन्न शिर्षकमा पशु अनुसार दर्ता सेवा शुल्क निर्धारण गरी आइतबारदेखि कार्यान्वयनमा ल्याएको छ ।
पशुसेवा केन्द्रका प्रमुख हरिराम चौधरीका अनुसार जिल्ला पशुसेवा केन्द्रबाट संचालन हुँदै आएको केन्द्र अहिले स्थानीय तह टीकापुर नगरपालिकाको मातहतमा रहि सञ्चालन भइरहेको छ । पशुसेवा केन्द सञ्चालनको लागि वडागत रूपमा पशुपालन तालिम लगायतमा ३४ लाख १७ हजार र पशु बिमा औषधि खर्चमा गरी ५४ लाख ४५ हजार बजेट विनियोजन गरेको छ ।
पशुसेवा केन्द्रले टीकापुरबाट नीतिगत औषधिवापत एन्टिडाइरिया, एन्टिहिस्तामिन, एन्टिइन्फलामेट्रिक, एन्टएनलोजेसिक र बाह्य परिजीवी लगायतमा नि:शुल्क सेवा दिइरहेको सेवा केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार