६ कार्तिक २०८१, मंगलवार

चार वडामा काँग्रेसको प्रचार कार्यालय



धनगढी । नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ले आइतबार धनगढीका चार वटा वडामा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ ।
नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिका वडा नम्बर ५, ६, ११ र १७ मा प्रचारप्रसार कार्यालय स्थापना गरेको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ ।
वडा नम्बर ५ मा वडा सभापति टेकराज ओझा, ६ मा डण्डीराज सुवेदी, ११ मा रामचन्द्र राना र १७ मा चक्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका उम्मेदवार डिल्लीराज पन्तले उद्घाटन गरेका थिए ।
वडामा सम्पर्क कार्यालयको उद्घाटनका क्रममा नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा (ख) का उम्मेदवार डिल्लीराज पन्तले तीब्र आर्थिक समृद्धि तथा दिगो शान्तिका लागि काँग्रेसको विजय आवश्यक रहेको चर्चा गरे ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति हरिश खड्का, धनगढी नगर प्रमुख नृपबहादुुर वड, जिल्ला सदस्य केशवराज मिश्र, नेविसंघका नेता पुष्प शाही लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार