६ कार्तिक २०८१, मंगलवार

जेटि कप क्रिकेट



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी जिल्लास्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा उज्यालो शिक्षा सदन लम्की र कालीका मावि नौनिया विजयी भएका छन ।
पहिलो खेलमा उज्यालो शिक्षा सदनले कैलाली पब्लिक सेकेण्डरी स्कुल मोतीपुरलाई २९ रनले पराजित गर्‍यो । यो जितसंगै लगातार चौथौ जित दर्ता गर्दै समूह विजेता हुदै उज्यालो सदन क्वार्टर फाईनल प्रवेश गरेको छ ।
टस हारेर पहिले ब्याटिंग गरेको उज्यालो शिक्षा सदनले १५ ओभरमा ८ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । ८० रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिंगमा आएको कैलाली पब्लिक १३.२ ओभर खेल्दै सवै विकेट गुमाउँदै ५० रन मात्र बनाउन सक्यो र २९ रनको हार व्यहोर्नु पर्‍यो । कैलाली पब्लिकलाई ५० रनमा रोक्ने क्रममा बद्री भण्डारीले ४ तथा कमल पुन मगरले २ विकेट लिएका थिए । ४ विकेट लिएका बद्री भण्डारी म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा गुरुकुल स्कुललाई ३७ रनले पराजित गर्दै कालिका मावि नौनिया प्रतियोगितामा पहिलो जित हात पार्न सफल भएको छ । टस जितेर पहिले ब्याटिंग गरेको कालीका मावि नौनियाले निर्धारीत १५ ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ५७ रन जोडन सफल भएको थियो । १ सय ५७ रनको ठूलो योगफल तयार पार्ने क्रममा कालिका मावि नौनियाका प्रवेश साउँदले २८ बलमा ४ छक्काका मदतले ५२ रनको र कप्तान कृष्ण साउँदले २५ बलमा नटआउट ४४ रनको महत्त्वपूर्ण पारी खेले ।
१ सय ५८ रनको विशाल लक्ष्य लिएर ब्याटिंगमा आएको गुरुकुल मोतिपुरले निर्धारित १५ ओभर खेल्दै ३ विकेट गुमाउँदै १ सय १९ रन मात्र जोडन सफल भयो र ३७ रनको हार व्योहर्नु परेको हो । गुरुकुलका लागी कप्तान रोजन शाहीले ४१ रनको महत्त्वपूर्ण पारी खेलेपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन । उत्कृष्ट ब्याटिंग गरेका प्रवेश साउँद म्यान अफ द म्याच भए ।
प्रतियोगितामा पाँच वटा टिम क्वाटर फाईनलमा प्रवेश गरी सकेका छन भने अझै ३ टीमको टुंगो लाग्न बाँकी रहेको छ । जसमा समुह ए विजेता हँुदै उज्यालो शिक्षा सदन लम्की, समूह बि विजेता हुँदै लिटील फलावर धनगढी, समूह बि उपविजेता हुँदै वसन्त मुरारी मावि बौनिया, समूह सी विजेता हुँदै संत निरकारी टीकापुर र समूह डी को विजेता हुँदै आरएमई टीकापुर रहेका छन् भने समूह ए, सी र डी बाट उपविजेताको टुंगो लाग्न बाँकी रहेको छ ।
यसैगरी आज (सोमबार) प्रतियोगिताको तेह्रौ दिन बिहान ७ बजे सर्वोदय विद्या मन्दिर विरुद्ध पायनियर्स लम्की, ब्राईट फ्युचर लम्की विरुद्ध जनजागृति चौरी र कालिका मावि नौनिया विरुद्ध नाता एकेडेमी लम्कीविच खेल हुने खेल सयोजक एकेन्द्र मल्लले बताए ।
प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको छ । काकि १५ गते देखि सञ्चालन भएको प्रतियोगिता मंसिर ०२ गतेसम्म सञ्चालन हुने जेटी कप क्रिकेट एकेडेमी संयोजक जीवन सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार